बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ चैत २५ गते

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लालीगुराँस नगरपालिका-६ सुङ्नामका १६ वर्षीय बालकलाई चैत २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७८ चैत २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्द चैत २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमल ठाकुरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २५ गते गरिएको छ ।


सुरेश खत्री