बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ चैत २३ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–६ पालुवाका १६ वर्षीय बालकलाई चैत २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७८ माघ १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत २२ जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो  । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २३ गते गरिएको छ ।


गणेश विष्ट