बलात्कार घटनाका आरोपित गिरफ्तार
३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सिरहा जिल्ला सिरहा नगरपालिका–८ का २९ वर्षीय मुकेशकुमार यादवलाई प्रहरीले ०७८ चैत १९ गते साँझ गिरफ्तार गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएका आरोपितले यादवले मन्थलीमा आएको अवस्थामा महिलालाई खाजा खान जाउँ भनि ०७८ चैत १५ गते मन्थली नगरपालिका–१ स्थित मन्थली बजारको एक होटलमा लगेर कोठामा थुनी बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
पीडित पक्षले आरोपित विरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालका प्रमुख डिएसपी राजकुमार थिङले बताउनु भयो ।
आरोपित यादवलाई हिरासतमा राखि अनुसन्धान भइरहेको पनि डिएसपी थिङले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०७८ चैत १६ गते मन्थली अस्पतालमा गरियो ।
नबराज पथिक
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…