बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमजुङ दूधपोखरी गाउँपालिका–६ घर भई हाल भानु नगरपालिका–३ कालामाटा बस्ने २१ वर्षीय सुनिल मगरलाई ०७८ चैत १८ गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध चैत १७ गते इलाका प्रहरी चौकी तुरतुरेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १७ गते दमौली अस्पतालमा गरिएको छ ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…