बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ चैत १४ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धादिङ जिल्ला जलामुखी गाउँपालिका–४ मैदी घरभई भक्तपुर नगरपालिका–६ डेकोचा बस्ने २२ वर्षीय राज परियारलाई प्रहरीले ०७८ चैत १२ गते राती गिरफ्तार गरेको छ ।

पीडित बालिकलाई चैत १२ गते दिउँसो बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले चैत १३ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतको आदेशमा पाँचदिनको म्याद लिई हिरासतमा राखि अनुशन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भक्तपुर अस्पतालमा चैत १३ गते गरिएको छ ।


रमेश गिरी