बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ चैत १३ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय सन्तोष कटुवाललाई चैत  ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७८ चैत १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत  ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो  ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको  जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कोमल ठाकुरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत ११ गते गरिएको छ ।


सुरेश खत्री