बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ चैत ११ गते

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–१ का २६ वर्षीय गोविन्द विक र २५ वर्षीय सविन दर्जीलाई  चैत ९ गते गिरफ्तार गरेको छ । प्रहरीले सोही आरोपमा खाँदबारी नगरपालिका–९ का २१ वर्षीय धनराज तामाङलाई चैत १० गते गिरफ्तार गरेको छ ।

पीडितलाई बालिकालाई आरोपितहरूले ०७८ चैत ५ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपित गोविन्द र सविनलाई खाँदबारी बजारबाट र धनराजलाई तुम्लिङटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जीवन गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १० गते गरिएको छ ।


भविन कार्की