बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ चैत ८ गते

१५ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी नयाँनयाँ ठाउँ घुमाउने बाहनामा पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले चैत ७ गते बहादुरमाई नगरपालिका–९ विश्रामपुरका ३५ वर्षीय सन्देश महतो कोइरीलाई बीरगंज महानगरपालिकाको वडा नं १३ राधेमाइबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ६ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका बुबाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ८ गते बीरगंजको नारायणी असपतालमा भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।


कृष्णचन्द्र लामिछाने