बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा फरार रहेका सप्तकोशी नगरपालिका–९ कमलपुरका ५३ वर्षीय बेचन भनिने जगदिश यादवलाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ ।
अभियुक्त यादव समेतले ०६८ जेठ ७ गते राति बलात्कार गरेको भन्दै परेको उजुरीमा सप्तरी जिल्ला अदालतले ०६८ चैत १ गते ६ वर्ष कैद सजाय ठहर गरी फैसला गरेको थियो ।
तत्कालिन पुनरावेदन अदालत राजविराजले समेत ०७१ वैशाख २९ गते सोही फैसला सदर गरेको थियो ।
फरार रहेका यादवलाई खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीबाट खटेर गएको प्रहरी टोलीले उनकै घरमा फेला पारी गिरफ्तार गरेको हो ।
गिरफ्तार आरोपितलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा अदालतले अभियुक्तलाई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरेको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लले बताउनु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…