बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ फागुन २५ गते

४६ वर्षीया महिलालाई शरीर बन्धक बनाएर ज्यान मार्ने धम्की दिई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले धोवीनी गाउँपालिकाका ५१ वर्षीय सेराजुल मिया र सोही ठाउँका ५० वर्षीय जोहरा खातुनलाई फागुन २४ गते धोविनी गाउँपालिका–५ बाट गिरफ्तार गरेको छ ।

पीडित महिलाले उनीहरूविरूद्ध फागुन ११ गते इलाका प्रहरी कार्यालय पोखरीयामा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन बीरगंजको नारायणी अस्पतालमा गरिएको थियो ।

भारततर्फ ‘फरार’ रहेका पीडितका पति, सौता र अन्य एक जना व्यक्तिको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

पति र सौताले अन्य व्यक्ति बोलाएर बलात्कार गराएको पीडित महिलाले आरोप लगाएकी छन् ।


कृष्णचन्द्र लामिछाने