बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– ११, का २० वर्षीय आर्दश चौधरीलाई फागुन १७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १७ गते इलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर कृष्णप्रसाद घिमिरेले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १६ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको अस्पतालका डाक्टर मोहम्मद नुरुल होदाले बताउनु भयो ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–८, बस्ने २८ वर्षीय वीरबहादुर केसीलाई गिरफ्तार गरेको छ । पीडित बालकलाई ०८१ माघ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीय युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैँडाकोट नगरपालिका–२ का २९ वर्षीय आशिष गुरुङलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको ०८१ माघ ९ गतेको…