बलात्कार घटनाका आरोपित गिरफ्तार
रौतहटकी १४ वर्षीया बालिकालाई फागुन ८ गते बलात्कार गरेको आरोपमा बौधिमाई नगरपालिका–७ का २१ वर्षीय पवन जैसवाल र १९ वर्षीय मन्जय साह कानुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
मन्जय साह कानुलाई फागुन ९ गते र पवन जैसवाललाई फागुन ११ गते गिरफ्तार गरिएको प्रहरीले जनायो ।
घटनाका अन्य आरोपितहरू बौधिमाई नगरपालिका–७ का ३८ वर्षीय अरबिन्द जैसवाल, सोही ठाउँका २२ वर्षीय दिपेन्द्रदास तत्मा, २८ वर्षीय जट्टाशङ्कर जैसवाल, मोतिहारी ढाका थाना ग्राम बखरी भारतका ३५ वर्षीय अशोक जैसवाल फरार रहेको प्रहरीले जनायो ।
गौर चपुर खण्डमा पर्ने बमनहरबाट पैदल घरतर्फ जाने क्रममा स्कारपियोमा जबरजस्ती राखी देवाही गोनाही नगरपालिकाको लालबकैया नदी किनारमा लगी आरोपितमध्ये दिपेन्द्रदास तत्माले बलात्कार गरेको पीडितले आरोप लगाएकी छन् ।
पीडित पक्षले दिएको उजुरी फागुन ९ गते नै अपहरण, शरीर बन्धक र बलात्कार शीर्षकमा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ८ गते जिल्ला अस्पताल गौरमा गरिएको छ ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…