बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ फागुन ४ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेशीशहर नगरपालिका– ६ का १८ वर्षीय दिपेन्द्र रावतलाई फागुन २ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले विगत सात महिनादेखि र पछिल्लो पटक फागुन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा फागुन २ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर जगदिश रेग्मीले बताउनुभयो ।

आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षणको फागुन ३ गते जिल्ला अस्पताल लमजुङमा गरिएको जिल्ला अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।


दलबहादुर मजाकोटी