बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ माघ २९ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–२ छिनामुखका ३६ वर्षीय रामचन्द्र राई माघ २८ गते प्रहरीले गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २७ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो  ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २७ गते गरिएको छ ।


गणेश विष्ट