बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ माघ २८ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उप–महानगरपालिका–५ का २६ वर्षीय सुरेश परियारलाई माघ २८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।


जयनारायण पुन