बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीले काठमाडौ बुढानिलकन्ठ नगरपालिका–१३ कपन घर भइ हाल धार्चे गाउपालिका–५ माछाखोला बस्ने २६ वर्षीय रितेश क्षेत्रीलाई माघ २६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ २५ गते ललाई फकाई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध माघ २६ गते इलाका प्रहरी चौकी माछाखोलामा मौखिक उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा इलाका प्रहरी चौकी माछाखोलाबाट खटाइएको प्रहरी टोलीले आरोपितलाई माघ २६ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।
आरोपितलाई हिरासतमा राखि घटनाको थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २६ गते गोरखा अस्पतालमा गरिएको छ ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…