बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ असोज २६ गते

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमसेन गाउँपालिका-६ झिँगटेका ८५ वर्षीय नुरमहमद मियाँलाई असोज २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा खबर गरेका थिए ।

पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय गोरखाका एसपी प्रकाश अधिकारीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २६ गते जिल्ला अस्पताल गोरखामा भएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।


हरिराम उप्रेती