बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ माघ १४ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–३ का २२ वर्षीय परिमान तामाङलाई प्रहरीले ०७८ माघ १३ गते गिरफ्तार गरेको छ ।

बालिकालाई माघ १२ गते बलात्कार गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएपछि आरोपित तामाङलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जनार्दन घिमिरेले जानकारी दिनुभयो ।

पीडितका आफन्तले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा माघ १४ गते लिखित उजुरी दर्ता गराएको सोही दिन जिल्ला अदालतबाट अनुशन्धानको लागि एक साताको म्याद थप गरी हिरासतमा पठाएको इन्स्पेक्टर घिमिरेले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण त्रिशूली अस्पतालमा माघ १३ गते गरियो ।


नवदीप श्रेष्ठ