बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले झापा, मेचीनगर नगरपालिका–३ का २५ वर्षीय रामबहादुर नेपाली भनिने सुधांशु दर्जीलाई माघ ११ गते गिरफ्तार गरेको छ ।
पीडितलाई माघ ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले दर्जीलाई इलामको सूर्योदय नगरपालिका–१२ तीनघरे क्षेत्रबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जिल मुकारुङले बताउनु भयो ।
सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले माघ ८ गते सुन्दरहरैँचा नगरपालिका–४ बलिया चौकस्थित श्रेष्ठ होटल एण्ड फेमिली लजका सञ्चालक ३५ वर्षीय अर्जुनकुमार श्रेष्ठ, श्रेष्ठका भाई २५ वर्षीय सुरज श्रेष्ठलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ ।
पीडितको स्वास्थ्य परीक्षण एवम् उपचार कोशी अस्पतालमा माघ ८ गते गरिएको छ ।
इन्सेक प्रदेश १, कार्यालय विराटनगर
सम्बन्धित समाचारहरू
पुनः मतदान मागको रिटमा उच्च अदालत विराटनगरद्वारा अल्पकालीन आदेश जारी
वैशाख ३० गते मतदान भइरहेको अवस्थामा पानी परेका कारण स्थगित भएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा स्थगित निर्वाचन पुनः नगराउन उच्च अदालत विराटनगरले जेठ ५ गते अल्पकालीन आदेश…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…