बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई बलात्कार गरेको र १९ बर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा–९ पिपरहवाका २६ वर्षीय सुभाष यादव र सोही ठाउँका २१ वर्षीय गणेश यादवलाई माघ ७ गते घटनास्थलबाटै गिरफ्तार गरेको छ ।
पीडितद्वयलाई आरोपितले माघ ७ गते भैरहवा जाने भन्दै गाडीमा बसालेको र बाटोमा पुगेर अलिकति पराल लग्नुछ भनी खेततिर लगेर एक जनालाई बलात्कार गरेको र अर्की महिलालाई बलात्कार प्रयास गरेकाले पीडितले प्रहरीलाई खबर गरेपछि घटनास्थलबाटै पीडितको उद्दार र आरोपितलाई गिरफ्तार गरेको थियो ।
पीडितले आरोपितविरुद्ध माघ ८ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा जबरजस्ती करणीसम्बन्धी कसुरमा उजुरी दिएका छन् ।
पीडित पक्षले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर इश्वर कार्कीले फोनमार्फत इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।
पीडितद्वयको स्वास्थ्य परीक्षण माघ ७ गते राती नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
पुनः मतदान मागको रिटमा उच्च अदालत विराटनगरद्वारा अल्पकालीन आदेश जारी
वैशाख ३० गते मतदान भइरहेको अवस्थामा पानी परेका कारण स्थगित भएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा स्थगित निर्वाचन पुनः नगराउन उच्च अदालत विराटनगरले जेठ ५ गते अल्पकालीन आदेश…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…