बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले ०७८ माघ ५ गते घरबाटै गिरफ्तार गरेको छ ।

बालिका घासकाट्न गएका बेला पुस २३ गते स्थानीय जङ्गलमा आरोपित बालकले बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ४ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ४ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा गरियो ।


नातिबावु धिताल