बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ माघ ६ गते

शारिरीक अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवर्षी नगरपालिका–७ का २२ वर्षीय सुरेन्द्र ऋषिदेवलाई माघ ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय रङ्गेलीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्स्पेक्टर अनमोल खड्काले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा माघ ६ गते गरिएको छ ।


इन्सेक प्रदेश १‚ कार्यालय विराटनगर