बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–२ का २४ वर्षीय बिमल कण्डेललाई माघ ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७८ पुस १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध माघ ३ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी दिलिप कुमार गिरीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

प्रहरीले आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको छ ।

पीडितको स्वास्थ्य परीक्षण माघ ३ गते भरतपुर जिल्ला अस्पताल चितवनमा गरिएको छ ।


तिर्थराज डुम्रे