बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ पुस २५ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय बाबुलाई पुस २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन प्रहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ऋषिराज ढकालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २३ गते गरिएको छ ।


भोजराज कार्की