बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका– १ चुहानडाँडा का २१ वर्षीय शिशिर लिम्बू र झापा, अर्जुनधारा नगरपालिका–७ का २७ वर्षीय अशोक घिमिरेलाई प्रहरीले पुस १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितद्धयले पुस ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर कोमल ठाकुरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १९ गते गरिएको छ ।
सुरेश खत्री
सम्बन्धित समाचारहरू
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…
रुपनीमा गरिएको पुनः निर्वाचन शान्तिपूर्ण सम्पन्न
रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित वडा कार्यालय भवनमा स्थगित भएको निर्वाचन जेठ २ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानस्थलमा १ हजार ५ सय २३ मतदाता रहेकोमा १ हजार…
धनकुटाको सहीदभूमि–६ मा मतदान सुरु
सहीदभूमि गाउँपालिका–६ मा स्थगित मतदान जेठ २ गतेबाट जारी छ । मतदान प्रक्रियामा नेकपा एमाले र गठवन्धनका प्रतिनिधिबिच वैशाख ३० गते विवाद भएपछि स्थगित भएको मतदान सहीदभूमि गाउँपालिका–६ मा सुरु…