बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ मङ्सिर २९ गते

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङदूधकोशी गाउँपालिका‒६ का ४३ वर्षीय केदारसिंह विश्वकर्मालाई मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश यादवले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर २६ गते गरिएको छ ।


भोजराज कार्की