बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ मङ्सिर २७ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत जम्मुकश्मीर चट्टा भोर क्याम्प–२ तसिल गाडीगाडका २९ वर्षीय सतवन्त सिँहलाई मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर २४ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २६ गते नारायणी अस्पताल बीरगंजमा गरिएको छ ।


कृष्णचन्द्र लामिछाने