बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ मङसिर २७ गते

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उप–महानगरपालिका–१० का १९ वर्षीय ओमप्रकाश वलीलाई मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।

सुस्तमनस्थिति भएकी युवतीलाई  आरोपितले मङसिर ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजालले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।


जयनारायण पुन