बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुली घरभई भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने १७ वर्षीय बालकलाई प्रहरीले मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपित बालकले मङ्सिर १९ गते साँझ बलात्कार गरेको भन्दै पीडितकी आमाले मङ्सिर २० गते महानगरीय प्रहरी बृत्त थिमिमा उजुरी दिएको महानगरीय प्रहरी वृत्त थिमिका डिएसपी नरहरी रेग्मीले जानकारी दिनुभयो ।
बालिकालाई बलात्कार गरी फरार रहेका बालकलाई प्रहरीले ललितपुरको टीकाथलीबाट गिरफ्तार गरेको डिएसपी गिरीले बताउनुभयो ।
बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २० गते भक्तपुर अस्पतालमा गरियो ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…