बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका–१ रामपुरवाका १९ वर्षीय विक्रम सहानीलाई मङ्सिर २२ गते  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले मङ्सिर २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु लामाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २१ गते पृथ्वीचन्द्र अस्पतालमा गरिएको डाक्टर मोहम्मद नुरुल होदाले बताउनु भयो ।

16 days campaignNepali


नारायण पराजुली