बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ मङ्सिर ४ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका‒५ चोकमागुका ६८ वर्षीय लालबहादुर तामाङलाई मङ्सिर ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७८ असोज २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी जवान सुशील थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर ४ गते गरिएको छ ।


सहमान विश्वकर्मा