बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ मङ्सिर १० गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जगरनाथपुर गाउँपालिका–१ पिडारीगुठीका २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।

16 days campaignNepali

पीडित बालिकालाई विभिन्न प्रलोभनमा पारी गत जेठ १० गतेदेखि असोज ६ गतेसम्म पटकपटकको बलात्कारपछि गर्भवती भएको आरोपमा पीडित पक्षले असोज ८ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ९ गते बीरगञ्जको नारायणी अस्पतालमा गरिएको छ ।


कृष्णचन्द्र लामछिाने