बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ मङ्सिर ९ गते

आठ वर्षीया बालिकालाई मङ्सिर ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले रामेछाप नगरपालिकाका ७२ वर्षीय ज्येष्ठ नागरिकलाई सोही दिन गिरफ्तार गरेको जनाएको छ ।

16 days campaign
पीडित बालिकालाई बलात्कार गरेको सूचनाको आधारमा घटना लगत्तै आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर श्रीशङ्कर श्रेष्ठले जनाकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ८ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा गरिएको छ ।


नवराज घिमिरे