बलात्कार घटनाका आरोपित गिरफ्तार
४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेन्छयायेम गाउँपालिका–६ का ५४ वर्षीय खजेन्द्रबहादुर दमाईलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७८ कात्तिक १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई मेन्छयायेम गाउँपालिका–६ बाट अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमल ठाकुरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १८ गते गरिएको थियो ।
सुरेश खत्री
सम्बन्धित समाचारहरू
बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा बाटोमै सुत्केरी
सुनकोशी गाउँपालिका–९ कटुञ्जेकी १७ वर्षीया लालीमाया (खत्री) रापचाले कटुञ्जे स्वास्थ्य चौकीको बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा साउन २२ गते दिउँसो बाटोमै नवजात शिशुलाई जन्म दिनु भएको छ । साउन २१…
पत्नी र सासूलाई जलाएर हत्या प्रयासको आरोप, आरोपित फरार !
भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला देवी सदा र प्रमिलाकी ६५ वर्षीया आमा रेशमादेवी सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय शङ्कर सदाले साउन २१ गते राति जलाएर हत्याको प्रयास गरेको…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वेलबारी नगरपालिका–२ का २५ वर्षीय विजय तोलाङ्गीविरूद्ध साउन २१ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितले ०७९ साउन १८ गते केरावारी गाउँपालिका–२…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…