बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ मङ्सिर ५ गते

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तेहृथुमको लालीगुराँस नगरपालिका–९ का ३६ वर्षीय राजेन्द्र आलेलाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २८ गते होटलमा लगेर बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक  २९ गते जिल्ला प्रहरी कार्यालय सङ्खुवासभामा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई मङ्सिर ३ गते तेहृथुमको बसन्तपुरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शुभेष अधिकारी इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर ४ गते गरिएको छ ।


भविन कार्की