बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ मङ्सिर ६ गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका–२ ओयाक्जुङका २५ वर्षीय धनबहादुर दर्जीलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले मङ्सिर ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कोमल ठाकुरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर ५ गते गरिएको छ ।


सुरेश खत्री