बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ मङ्सिर ६ गते

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मङ्गला गाउँपालिका–५ अर्मनका ४७ वर्षीय थम बहादुर विकलाई मङ्सिर ४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध मङ्सिर ४ गते इलाका प्रहरी कार्यालय दरबाङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

पीडित पक्षको उजुरीपछि इलाका प्रहरी कार्यालय दरबाङको प्रहरी टोलीले सोही दिन आरोपितलाई गिरफ्तार गरी मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइएको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते बेनी अस्पतालमा गरिएको छ ।


अमृतप्रसाद पौडेल