बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ मङ्सिर ४ गते

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाधामका ७५ वर्षीय ज्येष्ठ नागरिकलाई महेन्द्रनगरले मङ्सिर ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर ३ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएको छ ।

पीडित बालिकाको उपचार परिवारको निगरानीमा जनकपुरको एक अस्पतालमा गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर तिलक सुनारले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।


दिपेन्द्रप्रसाद सिंह