बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक ३० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २८ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएका थिए ।

घटनाका अनुसन्धान भइरहेको र घटना सङ्लग्न अन्य दुई जनाको खोजी भइरहेको इन्स्पेक्टर प्रकाशबहादुर  सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २७ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको डाक्टर मोहम्मद नुरुल होदाले बताउनु भयो ।


नारायण पराजुली