बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नपा-३ स्थित होटेल पाहुना गृहमा कार्यरत २७ वर्षीय प्रितम शर्मालाई असोज ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ६ गते बलत्कार गरेको आरोपमा पीडित पक्षले असोज ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पृथ्वीचन्द्र जिल्ला अस्पतालमा असोज ७ गते गरिएको प्रहरीले जनाएको छ ।


नारायण पराजुली