बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ कात्तिक २९ गते

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २० वर्षीय आफन्तलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २६ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको र उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाइएको इन्स्पेक्टर रविन्द्र महतले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।


रीमा बिसी