बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मुसिकोट नगरपालिका– ८ का ४७ वर्षीय चन्द्रे सार्कीलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७८ भदौ १७ गते बलात्कार पछि फरार रहेका आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम पाण्डेयले जानकारी दिनुभयो ।
पीडित परिवारले घटनाका विषयमा भदौ २१ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दर्ता गराएका थिए ।
पीडित पक्षको उजुरी आधारमा खोजतलास गर्ने क्रममा दुई महिनापछि घर नजिकै लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरिएको डिएसपी पाण्डेयले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २१ गते गुल्मी अस्पतालमा गरिएको थियो ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
पुनः मतदान मागको रिटमा उच्च अदालत विराटनगरद्वारा अल्पकालीन आदेश जारी
वैशाख ३० गते मतदान भइरहेको अवस्थामा पानी परेका कारण स्थगित भएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा स्थगित निर्वाचन पुनः नगराउन उच्च अदालत विराटनगरले जेठ ५ गते अल्पकालीन आदेश…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…