बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ असोज ५ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा-५ मनोहरापुरका २८ वर्षीय इरर्शाद अहमद दर्जीलाई असोज ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई असोज ३ गते आरोपितले बलात्कार गरेको भनी पीडित बालिकाका अभिभावकले असोज ४ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका थिए ।

पीडित बालिकाको अभिभावकले दिएको उजुरीका आधारमा आरेपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर पुरुषोत्तम रावतले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ४ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।


रीमा बि.सी