बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पञ्चकन्या गाउँपालिका–४ का २८ वर्षीय अन्जन अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले गत असार २१ गते बलात्कार गरेको भन्दै पीडितले गत असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

‘फरार’ रहेका आरोपितलाई प्रहरीले कात्तिक १४ गते गिरफ्तार गरेको र कात्तिक १५ गते अदालतबाट थुनामा राख्ने म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जनार्दन घिमिरेले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण गत असोज १७ गते नै त्रिशूली अस्पतालमा गरिएको छ ।


नवदीप श्रेष्ठ