बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ कात्तिक १२ गते

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतामाई गाउँपालिका–५ कालीमाटीका २५ वर्षीय प्रह्ललाद राईलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले कात्तिक ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र  इञ्चार्ज उमा गुुरुङले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ११ गते गरिएको छ ।


सुजाता ढुङ्गाना