बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–१ सुर्केका २४ वर्षीय अनिल राईलाई कात्तिक ५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७६ भदौ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई दुई वर्षपछि गिरफ्तार गरिएको ज्ल्लिा प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७६ भदौ ९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको डिएसपी राईले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७६ भदौ ६ गते गरिएको थियो ।
गणेश विष्ट
सम्बन्धित समाचारहरू
बैंकबाट सामाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्रहीलाई सास्ती
बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्रहीले सास्ती व्यहोर्नु परेको छ । रोल्पाको सुनछहरी गाउँपालिकामा रहेको नेपाल एस बी आई बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्नेको भीड लाग्ने गरेकाे छ । जिल्ला…
डेंगु रोगका बिरामी बढ्दै, अस्पतालमा ४० प्रतिशत भन्दा बढी डेंगुका बिरामी
पछिललो समय रुपन्देहीमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । रुपन्देहीका विभिन्न अस्पतालहरूमा ४० प्रतिशत भन्दा बढी डेंगु रोगका बिरामी रहेको र सचेतना कार्यक्रम सञ्चालनका लागि बजेट अभाव भएको जिल्ला…
बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा बाटोमै सुत्केरी
सुनकोशी गाउँपालिका–९ कटुञ्जेकी १७ वर्षीया लालीमाया (खत्री) रापचाले कटुञ्जे स्वास्थ्य चौकीको बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा साउन २२ गते दिउँसो बाटोमै नवजात शिशुलाई जन्म दिनु भएको छ । साउन २१…
पत्नी र सासूलाई जलाएर हत्या प्रयासको आरोप, आरोपित फरार !
भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला देवी सदा र प्रमिलाकी ६५ वर्षीया आमा रेशमादेवी सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय शङ्कर सदाले साउन २१ गते राति जलाएर हत्याको प्रयास गरेको…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वेलबारी नगरपालिका–२ का २५ वर्षीय विजय तोलाङ्गीविरूद्ध साउन २१ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितले ०७९ साउन १८ गते केरावारी गाउँपालिका–२…