बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ कात्तिक ४ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामप्रसादराई गाउँपालिका–५ कातिकेका ३१ वर्षीय सन्तोष राईलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ४ गते गरिएको छ ।


गणेश विष्ट