बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ असोज २७ गते

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागमती गाउँपालिका–१ घुसेलका ३९ वर्षीय हरिशरण सत्याललाई असोज २५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले महानगरीय प्रहरी वृत्त चापागाउँमा असोज २५ गते नै उजुरी दिएको थियो ।

पीडितको उजुरीका आधारमा सत्याललाई गिरफ्तार गरी असोज २५ गते नै ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २६ गते पाटन अस्पतालमा गरिएको अस्पतालले जनाएको छ ।


दीपकप्रसाद घिमिरे