बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ भदौ २४ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-९ का २९ वर्षीय श्रीराम कार्कीलाई भदौ २३ गते गिरफ्तार गरेको छ ।

बालिकालाई भदौ ३ गते बलात्कार गरेर फरार भएका आरोपित कार्कीलाई प्रहरीले हेटौडा उपमहानगरपालिका-८ बाट गिरफ्तार गरेको हो ।

पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा भदौ ९ गते गरिएको थियो ।


प्रताप विष्ट