बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ असोज १८ गते

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप– महानगरपालिका–७ ग्वारखोलाका ३६ वर्षीय बाबुराम कुमाललाई असोज १७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  असोज १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १४ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर झलकप्रसाद शर्माले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज १४ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।


जयनारायण पुन